हेलम्बुमा बाढीले गरेको क्षतिको विवरण सार्वजनिक, अझै २३ जना अझै बेपत्ता

डिसी नेपाल
५ असार २०७८ १९:२८
160
Shares

काठमाडौं। गत मंगलबार सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकामा मेलम्ची नदीमा आएको बाढीले गरेको क्षतिको विवरण शनिबार सार्वजनिक गरिएको छ। हेलम्बु गाउँपालिकाले क्षतिको विवरण सार्वजनिक गरेको हो।

उता मेलम्ची नगरपालिकाले भने मेलम्चीमा पुर्याएको क्षतिबारे विवरण भने सार्वजनिक गरिसकेको छैन। हेलम्बु गाउँपालिका अनुसार सो गाउँपालिकामा २३ जना अझै बेपत्ता छन्। बेपत्ता हुने मध्ये ३ जना चिनियाँ र ३ जना भारतीय नागरिक रहेका छन्। यस्तै १९ जना पुरुष र ४ जना महिला बेपत्ता छन्। बेपत्ता मध्ये ८ जना मेलम्ची खानेपानी आयोजनाका कामदार हुन्।

यस्तै ४ वटा मोटरेबल पुल बाढीले बगाएको छ भने ६ वटा झुलुंगे पुल पनि बगेका छन्। उता साढे ७ किलोमिटर सडक पूर्णरुपमा क्षतिग्रस्त भएको छ। बाढीले हेलम्बुका ५ वटा बस्ती र ८ वटा ट्राउट फार्ममा क्षति गरेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *