सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
काठमाडौं। साताको दोस्रो दिन सोमबार सुनचाँदीको मूल्य सामान्य बढेको छ। सोमबार सुन तोलामा ४ सयले बढेको छ भने चाँदी पाँच रुपैयाँले बढेको छ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार ९० हजारमा कारोबार भएको सुनको मूल्य सोमबार ४ सय रुपैयाँ बढेर प्रतितोला ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ।
यस्तै तेजावी सुनको मूल्य पनि बढेर ८९ हजार ९ सय ५० रुपैयाँ कायम भएको छ।
सोमबार चाँदीको मूल्य तोलामा ५ रुपैयाँले बढेर १२ सय ९५ पुगेको महासंघले जनाएको छ।
प्रतिक्रिया
Facebook Comment