ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति

डिसी नेपाल
७ असार २०७८ १७:२८
628
Shares

काठमाडौं। आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउने ज्वाला संग्रौलालाई तीन दिन हिरासतमा राख्न अनुमति दिइएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंले संग्रौलालाई तीन दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमित दिएको हो।

प्रहरीले अभद्र व्यवहार सम्बन्धी कसूरमा अनुसन्धान गरिरहेको छ। संग्रौलासँगै उनका पति हिमाल उपाध्याय र शर्मिला वाइवालाई पनि थुनामा राख्न अनुमति दिइएको छ।

संग्रौलाले महाराजगञ्ज प्रहरीका असई मणिकान्त झालाई रंगभेदी अभिव्यक्ति दिएर दुर्व्यवहार गरेपछि पुरानो घटना पनि चर्चामा आएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *