निषेधाज्ञाले समस्यामा परेकालाई राहत बितरण गर्दै कुशुम तामाङकाे टिम
काठमाडौं। एनएसएफ फाउण्डेसनको पहलमा कुशुम तामाङकाे टिमले कोरोना माहामारीका कारण प्रभावित भएका ६ मजदुर परिवारलाई राहत स्वरुप खाद्यान्न वितरण गरेको छ। सोमबार नयाँ बसपार्क गोंगबु क्षेत्रका भारी बोक्ने काम गर्दै अाएका ६ परिवारलाई खाद्यान्न वितरण गरेको हो।
विकट कर्णालीको दैलेख जिल्लाका ठाँटिकाध स्थायी घर भएका ६ जना परिवार कोरोना माहामारीका कारण घर जान सकेनन्। अहिले घर जान पनि नसक्ने र काठमाडौंमा बस्न पनि अप्ठायारोमा रहेका दैलेखका लोक बहादुर विकले बताए। ‘ हामी न घर जान सकिन्छ , न काठमाडाैको महङ्गीमा बस्न , बाँच्न नै गाह्राे भयाे, उनले भने।
कुशुम तामाङको टिमले पहिलो लकडाउनदेखि कोरोना माहामारीका कारण प्रभावित भएका व्यक्तिहरुलाई दिनहु प्याकिङ खाना बाड्दै आइरहेका छन्। दोस्रो लहरको कोरोना फैलिएसगैं फेरि खाद्यान्न वितरण गर्न थालेका छन् ।
तामाङकाे टिमले अहिलेसम्म करिब ७० हजार भन्दा बढी बोक्ने मजदुर र कोरोना प्रभावित मानिसहरुलाइ प्याकिङ खाना खुवाइसकेका छन्। ‘पहिलो चरणको लकडाउनदेखि करिब २० हजार जना भरीया, एकल महिला, आनाथ आश्रमका बालबालिका, वृद्ध, अशक्तता केन्द्रकालाई खाना खुवायौ , ‘ उनले तामाङले भनिन्।
नयाँ बसपार्क गोंगबु क्षेत्रका मजदुरककाे परिवरलाइ प्रति परिवार २५ केजी चामल, दुई लिटर तेल, आलु ४ केजी, २ केजी दाल, २ केजी क्वाटी, एक दर्जन बिस्कट्, दुई प्याकेट स्पाइस, दुई केजी चिनी, एक प्याकेट नुन, एक प्याकेट मसेउरा, दुई ओवा डिटोल साबुन र तीन केजी चिउरा राहत वितरण गरिएको उनले बताइन।
तामाङले भनिन, ‘कोरोना महामारीले करिब एक वर्षदेखि व्यापार व्यवसाय ठप्प छ । कामबिहीन मजदुरलाई केही राहत होस् भनेर हामीले साथीभाइ, परिवार, र दाताको सहयोगमा खाद्यान्न सामाग्री बाँडेका हौं।’
आगामी दिनमा पनि राहत बाड्ने कार्यक्रम निरन्तरता दिने तामाङले बताइन्। करिब १५ वर्षदेखि उनि समाजिक सेवामा क्षेत्रमा कार्यरत छिन्। यसअघि पनि एनएसएफ फाउण्डेसन नामक संस्थाले नयाँ बसपार्क गोंगबु नजिक क्षेत्रका भारी बोक्ने मजदुरका ६ परिवारलाई खाद्यान्न वितरण गरेका थिए ।
बालबालिकाको रेखदेखका लागि दर्ता गरिएको फाउण्डेसनले लकडाउनमा विपन्न वर्गका परिवारलाई राहत बाँड्दै आएको फाउण्डेसनका संजयलाल श्रेष्ठले बताए। कोरोनाको पहिलो लहरको बेला देखिनै अध्यक्ष निशा महर्जन, व्यवस्थापक सन्दिपलाल श्रेष्ठ, सञ्जलयलाल श्रेष्ठ, सुशीला श्रेष्ठ, शर्मिला श्रेष्ठ, सम्झना राई, विश्व गुरुङ र अमृत महर्जनलगायतको टीमले राहत वितरण गर्दै आइरहेका छन्।
पेसाले फेशन डिजाइनर समेत रहेकी संस्थाका अध्यक्ष निशा महर्जन समाज सेवाप्रति रुचि भएकाले फाउण्डेसनले दिनहुँ बाड्ने प्याकिङ खाना आफैले पकाउन सहयोग गर्छिन । यसरी आफैले खाना पकाएर भोकाएको जनताको भोको पेट भर्न पाउदा निकै खुसी महशुस हुने र मनमा शान्ति हुने गरेको उनले बताइन्। ‘ हामीले दैनिक सो कार्य गरिरहेका छौं र निन्तर गरिरहने उनले जानकारी दिइन्।







डिसी नेपाल








Facebook Comment