नेकपा (एकीकृत) निर्वाचन आयोगमा दर्ता

डिसी नेपाल
९ असार २०७८ १८:०१
488
Shares

काठमाडौं। नेकपा (एकीकृत) नामको दल दर्ताका लागि निर्वाचन आयोगमा दिइएको निवेदनमाथि निर्वाचन आयोगले निर्णय गर्दै सो दल दर्ता गरेको छ। आयोगले बुधबार दल दर्ताको प्रमाण पत्र सो दलका अध्यक्ष अध्यक्ष जीवन राईलाई प्रदान गरिएको आयोगले जनाएको छ।

आयोगको जेठ ३० मा बसेको बैठकले सो दल दर्ता गर्ने निर्णय गरेको थियो। यो पार्टीको चुनाव चिन्ह कलम रहेको छ।

अध्यक्ष राई एमालेको माधव समूहका निकट रहेको चर्चा छ। तर, उनले भने आफ्नो दल दर्तालाई कुनै व्यक्तिसँग जोड्न आवश्यक नरहेको बताएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *