लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध दिवस असार १० देखि १२ गतेसम्म मनाइने
काठमाडौं । लागूऔषध दुरुपयोग तथा ओसारपसार विरुद्ध अन्तर्राष्ट्रिय दिवस २६ जुन विविध जनचेतनामूलक कार्यक्रमसहित ३ दिनसम्म मनाउने प्रहरीको कार्यक्रम रहेको छ ।
विविध जनचेतनामूलक नारा र कार्यक्रमका साथ असार १० देखि १२ गतेसम्म उक्त दिवस मनाइने प्रहरी प्रधान कार्यालय, कार्य एवं अपराध अनुसन्धान विभाग, सामुदायिक सुरक्षा महाशाखाले बुधबार जनाएको छ ।
कार्यक्रम अन्तर्गत ‘स्वास्थ्य, सवल र समृद्ध नेपालको प्रतिवद्धताः लागूऔषध अपराध विरुद्धको ऐक्यवद्धता’, ‘लागूऔषधको उत्पादन, सञ्चय, ओसारपसार विक्री वितरण तथा सेवन गर्नु अपराध हो, यस्ता गैरकानूनी गतिविधिमा आफू पनि नलागौं अरुलाई पनि लाग्न नदिऔ’, ‘लागू पदार्थको सेवनः गयो अमूल्य जीवन’ भन्ने जनचेतनामूलक नाराहरू तय गरिएका छन् ।
यसैगरी ‘स्वच्छ जीवन उच्च विचार: लागूऔषधको गरौं बहिष्कार’, ‘हामी सबैको आवाज: लागूऔषध मुक्त समाज’, ‘हाम्रो चाहानाः लागूऔषध रहित, स्वस्थ्य र सुखी जीवनको कामना’, ‘लागूऔषध त्यागौँ: स्वस्थ्य र सुखी जीवनतर्फ लागौँ’, ‘लागूऔषध लिने बानीःस्वास्थ्य र धनजनको हानी’, ‘लागू पदार्थ सेवन नगरौँ, सभ्य समाजको निर्माण गरौँ’, ‘लागूऔषध सेवन नगरौँ, आफू बाँचौँ: अरूलाई पनि बचाऔ’, ‘लागूऔषध नगरौं ओसारपसार: बिग्रिन्छ तपाईंको प्यारो घर संसार’, ‘लागूपदार्थको नशा: जीवनको दशा’, ‘लागूपदार्थको प्रयोगबाट आफू, परिवार, समाज, राष्ट्रलाई नै अतुलनीय क्षति हुँदा यस्ता पदार्थदेखि टाढै रहने प्रण गरौ’ तथा ‘स्वस्थ, सवल र समृद्ध नेपालको प्रतिवद्धता: लागूऔषध अपराध विरुद्धको ऐक्यवद्दता’ भन्ने सचेतनामूलक नारा रहेका छन् ।







डिसी नेपाल








Facebook Comment