पौडेलले बोलाएको आफू निकट नेताहरुको बैठक सर्यो
फाइल फाेटाे
काठमाडौं। काँग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू निकट नेताहरुको विहीबारका लागि बोलाएको बैठक हुन सकेन। अब सो बैठक शुक्रबार हुने जनाइएको छ। विहीबारको बैठकमा पौडेल निकट सबै नेताहरु सहभागी हुने अवस्था नभएपछि शुक्रबारको लागि बैठक सारिएको पौडेल निकट स्रोतले जनायो। शुक्रबार दिउँसो २ बजे बैठक बस्ने स्रोतले जनाएको छ।
काँग्रेसमा महाधिवेशनको मिति नजिकिएसँगै सभापतिका आकांक्षीहरुले छलफललाई तिब्रता दिएका छन्। फेरि सभापतिको उम्मेदवार बन्ने घोषणासहित सभापति शेरबहादुर देउवाले आफू नकिट नेताहरुसँगको पहिलो चरणको छलफल सकेका छन्।
उता सभापतिका अर्का आकांक्षी उपसभापति विमलेन्द्र निधिले पनि छलफललाई तिब्रता दिएका छन्। देउवा इतर समूहको नेतृत्व गरिरहेका वरिष्ठ नेता पौडेलले पनि छलफलका लागि विहीबारका लागि बैठक बोलाएका थिए। तर, विहीबार हुन नसकेको बैठक शुक्रबार हुन लागेको हो। काँग्रेसमा आधा दर्जनभन्दा धेरै नेताहरु सभापतिको आकांक्षी देखिएका छन्। महाधिवेशन आगामी भदौ १६ देखि १९ सम्म काठमाडौंमा हुनेछ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment