मन्त्रीहरुको जिम्मेवारी हेरफेर, गृह पौडेललाई, रक्षा र परराष्ट्र प्रधानमन्त्रीसँगै

डिसी नेपाल
१० असार २०७८ १७:१२

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनपछि विस्तारित मन्त्रिपरिषदलाई वैधानिकता नदिएर २० जना मन्त्रीहरुलाई पदमुक्त गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले रिक्त रहेका मन्त्रालयहरु ४ जनामन्त्रीहरुलाई बाँडफाँड गरेका छन्।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले मन्त्रिपरिषदको कार्यविभाजन गरेकी हुन्। कार्यविभाजन अनुसार प्रधानमन्त्री ओलीले आफूसँग रक्षा र परराष्ट्र मन्त्रालय राखेका छन्। गृहमन्त्रालयको जिम्मेवारी उपप्रधानमन्त्री विष्णु पौडेललाई दिएका छन्।

सञ्चार मन्त्रालयको जिम्मेवारी बसन्त नेम्वाङले पाएका छन् भने स्वास्थ्य मन्त्रालयको जिम्मेवारी कृष्णगोपाल श्रेष्ठलाई दिइएको छ। सबैभन्दा धेरै ६ वटा मन्त्रालयको जिम्मेवारी लीलानाथ श्रेष्ठले पाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *