कांग्रेस अधिवेशन : हिन्दूराष्ट्र एजेण्डाले प्रवेश पाउला ?

सम्भव सिंह ठकुरी
११ असार २०७८ ७:१८

काठमाडौं। नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिएसँगै वडादेखि केन्द्र केन्द्रतहसम्म अधिवेशनको सरगर्मी बढ्न थालेको छ। महाधिवेशनमा नेतृत्वको आकांक्षी आधा दर्जन भन्दा धेरै देखिएका छन्। र नेताहरु आफ्ना नेता कार्यकर्तालाई आकर्षित गर्न सकृयता बढाइरहेका छन्।

२०७२ सालको नयाँ संविधान जारी भएसँगै मुलुक धर्मनिरपेक्षतामा गएको छ। संविधानसभाबाट जारी भएको संविधान घोषणा गर्ने नेतृत्व तत्कालीन कांग्रेस सभापति तथा प्रधानमन्त्री शुशील कोइरालाले गरेका थिए।

तर मुलुक धर्मनिरपेक्ष राज्यमा गएपनि कांग्रेसका केही प्रभावशाली नेताहरु अझै धार्मिक स्वतन्त्रतासहित हिन्दुराज्यको पक्षमा उभिरहेका छन्। कांग्रेस महामन्त्री शशांक कोइराला, केन्द्रीय सदस्य शंकर भण्डारी, देवेन्द्रराज कँडेल, मोहन बस्नेतलगायतका नेताहरुले धार्मिक स्वतन्त्रता सहित हिन्दुराज्य पक्षमा अभिव्यक्ति दिने गरेका छन्।

०७५ साल काठमाडौंमा भएको कांग्रेस महासमिति बैठकमामा पनि हिन्दु राज्यको प्रसंग उठेको थियो। सो एजेण्डाले छलफलमा प्रवेश भयो। तर महासमितिबाट पारित हुन सकेन। यो विषयमा नेताहबीच मतभिन्नता छ।

तर प्रभावशाली नेताहरु हिन्दु धर्मको पक्षमा अझै रहरनुले अधिवेशनको उत्तराद्र्धमा पुगेको कांग्रेस धर्मको विषयलाई कस्तो महत्व दिन्छ छ ? यो विषय निकै अर्थपूर्ण बन्न थालेको छ।

कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीका अनुसार हिन्दुराज्यको विषय कुनै पार्टी विशेष भन्दा पनि देश विशेषको भएकाले १४ औँ अधिवेशनमा यो विषयले प्रवेश गर्ने बताए।

‘धर्मको विषयमा संविधान जारी गर्नेबेला हामीले व्यापकरुपमा जनमत संकलन गरेको थियौं, तर उक्त संकलन थन्क्याएर अर्को तरिकाले संविधान जारी गरिएको हुनाले देशले अर्कौ दुर्भाग्य भोग्नु परेको छ। त्यसकारण यो बहसको विषय बनेको छ’, उनले भने।

उनले धर्मनिरपेक्ष मुलुक भइसकेपछि देशले भोग्नुपरेको घटनाबाट नेपाल निरपेक्ष राज्य हुनुहुँदैन भन्ने कुरा पुष्टि भएको बताए। ‘त्यस्तै हाम्रो पार्टी भित्रपनि ०७५ सालको महासमितिको बैठकमा उपस्थित बहुमत महासमिति सदस्यको हस्ताक्षरले पार्टीको एजेण्डा वैदिक सनातन हिन्दूराष्ट्र हुनुपर्छ भनेर,लिखित प्रस्तावको हस्ताक्षरलाई आजसम्म छलफलको  प्रक्रियासम्म नआउनु दुखद कुरा हो,’ उनले भने।

तर पनि यो विषय पार्टी भन्दा देशको लागि आवश्यक विषय भएको उनको दावी छ। उनले भने, ‘हरेक मुलुकका आ–आफ्नो छुट्टै पहिचान छन् र धार्मिक र सामाजिक परम्परा छन्। त्यसकारण राष्ट्रियता, लोकतन्त्र, समाजवादको उद्देश्यले स्थापित भएको पार्टी राष्ट्रिय पहिचानको विषय भएकाले यो अधिवेशनमा कुरा उठ्ने उनको विश्वास छ।

भण्डारीले अगाडि भने, ‘नेतृत्व चयन पनि यही एजेण्डाले गर्नुपर्ने हाम्रो प्रयत्न हुन्छ, संविधानमा धर्मनिरपेक्षता लेखिएतापनि ठूलो षड्यन्त्रले यो जारी भएको छ। कांग्रेसको नेतृत्वमा संविधान जारी भएतापनि यो विषय हाम्रो बाध्यात्मक घोषणा हो। त्यसकारण यो विषय सच्चिनु र संशोधन हुनु नै देश र मुलुकको हितमा हुन्छ।’

उनले नेपाल राज्यको एकीकरणको अभियानभन्दा पहिलेदेखि नै जतिवटा स–साना टुक्रे राज्यहरू थिए, ती सम्पूर्ण राज्यभित्र र अहिलेको सिंगो नेपालभित्र अन्य धर्मका जस्तै हिन्दू धर्मका विशेष विशेषताहरू, पहिचानहरू र आधार भएको बताए।

‘संसारका अन्य मुलुक इस्लाम, इसाई भए जस्तै संसारको एक मात्रै हिन्दू सनातन मुलुक चाहिँँ नेपाल हो। यसले संसारभर नेपालको पहिचान निर्माणको काम मात्रै गरेको छैन, यसले नेपालको समुद्धिको आधार पनि दिइएको छ,’ उनले भने, ‘त्यसकारण देशको पहिचान र देश विकासको आधारहरू मेटाएर देश अगाडि बढ्न सक्दैन। त्यसैले वैदिक सनातन हिन्दूराज्य आजको आवश्यक्ता हो।’

विश्लेषक पुरञ्जन आचार्यका अनुसार संविधानमा धर्मको कुरा व्यवस्थित भएपनि कांग्रेस पार्टी भित्र व्यवस्थापन हुन सकेका छैन। बहुविचार र लोकतान्त्रिक पार्टी भएकाले यस्ता विषय उठिरहने उनको तर्क छ।

‘लोकतान्त्रिक पार्टी भएकाले स्वभावैले यस्ता विचारहरुको अभ्यास हुन्छ र अधिवेशनमा यस्ता कुराहरु प्रवेशपनि हुन्छ तर अहिलेको परिस्थितिमा खासै प्रभाव पार्दैन’, उनले भने।

तर यस्ता विचारहरुलाई लगाम लगाउने परिपाटी कांग्रेसमा नभएको र यो खाले विचार १४ औँ अधिवेशनमा मात्र नभइ अरु केही अधिवेशनसम्म चल्ने उनको तर्क छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *