कोरोना सङ्क्रमणमुक्त हुने दर ९१.३ प्रतिशत, ४५ हजार ७९४ जना सक्रिय संक्रमित
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हाल ४५ हजार ७९४ जना सक्रिय संक्रमित रहेका छन् ।
पछिल्लो २४ घन्टामा १४ हजार ३५१ नमूना परीक्षण गर्दा २ हजार ४७६ जनामा सङ्क्रमण पुष्टि भएको छ । ९ हजार ५८६ पीसीआर परीक्षण गर्दा १ हजार ७२१ जनामा र ४ हजार ७६५ एन्टिजेन परीक्षण गर्दा ७५५ जनामा सङ्क्रमण पुष्टि भएको छ । कूल पीसीआर परीक्षणमध्ये संक्रमण दर १९.१ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालका कोरोना सङ्क्रमण हुनेको संख्या छ लाख ३१ हजार १५२ जना पीसीआर परीक्षणबाट र ३० हजार ६८९ जना एन्टिजेन परीक्षणबाट गरी छ लाख ६१ हजार ८४१ पुगेको छ । ती मध्ये पाँच लाख ७६ हजार ४१३ जना सङ्क्रमणमुक्त भएको छन् । जुन कुल संक्रमितको ९१.३ प्रतिशत हो ।
आज ५ हजार ४५ जना कोरोना सङ्क्रमण मुक्त भएका छन् भने सङ्क्रमणबाट २७ जनाको ज्यान गएको छ । हालसम्म नेपालमा कोरोना सङ्क्रमणबाट आठ हजार ९४५ जनाले ज्यान गुमाएका छन् ।
हाल नेपालमा कोरोना पोजेटिभमध्ये मृत्युदर १.५ प्रतिशत रहेको छ ।
३१ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित
देशभरका ३१ जिल्लामा सक्रिय संक्रमितको संख्या ५०० भन्दा बढी देखिएको छ ।
प्रदेश १ मा झापा, मोरङ र सुनसरी , प्रदेश २ मा धनुषा र बारा, वाग्मती प्रदेशमा काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, काभ्रे, मकवानपुर, धादिङ, सिन्धुपाल्चोक, नुवाकोट र सिन्धुली ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।
यस्तै, गण्डकी प्रदेशमा कास्की, गोरखा, नवलपरासी (पूर्व) पर्वत, म्याग्दी र वाग्लुङ, लुम्बिनी प्रदेशमा दाङ, बाँके, बर्दिया, रुपन्देही, पाल्पा, र नवलपरासी (पश्चिम), कर्णाली प्रदेशमा सुर्खेत तथा सुदूरपश्चिम प्रदेशमा कैलाली, बैतडी र अछाममा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् ।







डिसी नेपाल








Facebook Comment