कर्णाली प्रदेशमा एमालेका तीन सांसद एक महिनाका लागि निलम्बित

डिसी नेपाल
११ असार २०७८ २१:२३
508
Shares

काठमाडौं। कर्णाली प्रदेशका नेकपा एमालेका तीनजना सांसद एक महिनाका लागि निलम्बित भएका छन्। मन्त्रीसमेत रहेका सांसदहरु अम्मरबहादुर थापा, नन्दसिंह बुढा र कुर्मराज शाहीलाई एक महिनाका लागि निलम्बन गरिएको सूचना प्रदेश सभा सचिवलयले प्रकाशित गरेको छ।

तीनैजनालाई एमाले प्रदेश संसदीय दलको निर्णयअनुसार निलम्बन गरिएको सूचना सचिवालयले प्रकाशित गरेको छ। यी तीनजनार अर्का सांसद प्रकाश ज्वाला यसअघि एमालेको कारबाही अनुसार सांसद पदबाट मुक्त गरिएका थिए। तर, सर्वोच्च अदालतले उनीहरुलाई पुनःबहाली गरिदिएको छ।

एमाले संसदीय दलले उनीहरुलाई सरकारबाट फिर्ता हुनसमेत निर्देशन दिएको थियो। तर, उनीहरुले पार्टीको विवाद देखाउँदै पार्टीका केन्द्रीय अध्यक्ष केपी शर्मा ओली र प्रदेश इन्चार्ज युवराज ज्ञवालीको निर्देशनमात्र मान्ने भन्दै प्रदेश संसदीय दलको निर्णय मानेनन्। उनीहरु तीनैजना माधव समूहका हुन्।

ज्वाला भने संसदीय दलको बैठकमा सहभागी भएका थिए। उनलाई भने निलम्बन गरिएको छैन। कर्णालीमा एमाले सरकारमा पनि र प्रमुख प्रतिपक्षको पनि भूमिकामा छ। यो अनौठो दृष्य एमालेको आन्तरिक विवादका कारण देखिएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *