समस्याग्रस्त जलविद्युत् आयोजनाले २० करोडसम्म पुर्नकर्जा पाउने

डिसी नेपाल
१२ असार २०७८ १३:३७
32
Shares

काठमाडौं। नेपाल राष्ट्र बैंकले विभिन्न कारणले समस्यामा परेका जलविद्युत् आयोजनालाई पुनर्कर्जा उपलब्ध गराउने भएको छ।

राष्ट्र बैंकल शुक्रवार ‘नेपाल राष्ट्र बैंक पुनर्कर्जा कार्यविधि, २०७७’ संशोधन गरी समस्यामा परेका आयोजनालाई राहत दिने व्यवस्था गरेको हो। संसोधित व्यवस्था अनुसार समस्याग्रस्त बनेका १० मेगावाटभन्दा कम क्षमताका जलविद्युत आयोजनाले २० करोड रुपैयाँसम्म पुनरकर्जा पाउने व्यवस्था पाउने छन्। यस्तो पुनरकर्जा बढीमा एक वर्ष सम्मका लागि हुनेछ।

निजी क्षेत्रबाट सञ्चालन भएका आर्थिक रुपले संकटग्रस्त जलविद्युत् आयोजनाका समस्या सम्बन्धमा अध्ययन गर्न गठित समितिको प्रतिवेदनले पहिचान गरेका आयोजनालाई त्यस्तो सुविधा दिइने बैंकले जनाएको छ।

कुल १० मेगावाट भन्दा साना जलविद्युत् आयोजनालाई बढीमा एक वर्षसम्म पुनर्कर्जा प्रदान गरिनेछ। अध्ययन समितिले १० मेगावाटभन्दा साना विभिन्न ३५ ओटा आयोजनामा समस्या रहेको निष्कर्ष निकालेको थियो।

हुँदै




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.