सेयर बजारमा ५ अंकको वृद्धि हुँदा करिब ७ अर्ब ७२ कारोडको कारोबार

डिसी नेपाल
१४ असार २०७८ १५:३४
76
Shares

काठमाडौं। साताको दोस्रो दिन सोमबार सेयर बजारमा सामान्य वृद्धि भएको छ। सोमबार सेयर बजार परिसूचक नेप्से परिसूचक ५.११ अंकले बढेर २८ सय ७५.४९ अंकमा पुगेर बन्द भएको छ।

सोमाबार ‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स ४ दशमलव १७ अंकले बढेर ५ सय ३३ दशमलव ५७ अंकमा पुगेको छ।

यस दिन पनि कारोबार रकममा भने उत्साहा देखिएन।

२ सय १९ कम्पनीका १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ।

सोमबार समूहगत आधारमा बैंकिङ, होटेल्स एण्ड टुरिजम, माइक्रोफाइन्यान्स, लाइफ इन्सोरेन्स, इन्भेस्टमेन्ट र म्युचअल फण्डको सेयर बढ्दा अन्य समूहको सेयर घटेको छ।

सोमबार सबैभन्दा धेरै सबैको लघुवित्त वित्तिय संस्था र सिभिल लघुवित्त वित्तिय संस्थाको सेयर ८ प्रतिशत भन्दा धेरैले बढेको छ। भने बेस्ट फाइन्यान्स कम्पनीको सेयर मूल्यमा करिब ५ प्रतिशतको गिरावट आएको छ।

यस दिन अपर तामाकोशीको सेयर सर्वाधिक धेरै कारोबार भएको छ। उक्त कम्पनीको ६६ करोड ९४ लाख बराबरको कारोबार भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.