फेरि ह्वात्तै घट्यो सेयर बजार, कारोबार रकममा पनि गिरावट

डिसी नेपाल
१५ असार २०७८ १५:३८
84
Shares

काठमाडौं। साताको तेस्रो कारोबारको दिन मंगलबार सेयर बजार परिसूचक फेरी ह्वात्तै घटेको छ। मंगलबार नेप्से परिसूचक ४७.४९ अंक घटेर २८ सय २८ विन्दुमा रोकिएको छ।

अघिल्लो साता बेस्सरी घटेको सेयर बजार आइतवार र सोमवार बढेपछि सम्हालिने अपेक्षा लगानीकर्ताको थियो। तर, मंगलबार पुन ः सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ।

यस दिन कारोबार रकममा पनि कमी आएको छ। मंगलबार २ सय २३ कम्पनीको १ करोड ४० लाख ४४ हजार ३ सय ८१ कित्ता सेयर खरिद बिक्री हुँदा ६ अर्ब ७२ करोड बराबरको कारोबार भएको छ। यसअघि सोमबार ७ अर्ब ७२ करोड बराबरको कारोबार भएको थियो।

समूहगत हिसाबमा मंगलबार माइक्रोफाइनान्स बाहेक सबै समूहको सूचक राताम्मे बनेको छ। बैंकिङ, व्यापार, होटल तथा पर्यटन, विकास बैंक, हाइड्रोपावर, फाइनान्स, नन लाइफ इन्स्योरेन्स, म्यानुफ्याक्चर एण्ड प्रोडक्ट लगायतका समूहको सूचक ऋणात्मक बनेको हो।

समग्र नेप्से घटेपनि यस दिन ओरियण्ट होटल, गुराँस लघुवित्त वित्तीय संस्था, सामुदायिक लघुवित्त वित्तीय संस्था, तारागाउँ रिजेन्सी होटल र सिभिल लघुवित्तको सेयर सर्वाधिक बढेको छ।

यस्तै मंगलवार प्रोग्रेसिभ फाइनान्स लिमिटेडको सेयर सर्वाधिक घटेको छ। उक्त कम्पनीको सेयर ८.५५ प्रतिशत घटेको छ।

यस दिन राधी विद्युत् कम्पनीको सर्वाधिक ४९ करोड ८३ लाख २५ हजार बराबरको सेयर कारोबार भएको छ। उक्त कम्पनीले प्रस्तावित ३६.५० प्रतिशत बोनस सेयर प्रयोजनका लागि मंगलवारदेखिनै बुक क्लोज गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.