नेप्सेको अध्यक्षमा दिर्घराज मैनाली नियूक्त
काठमाडौं। सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को अध्यक्षमा अर्थ मन्त्रालयका सह– सचिव दिर्घराज मैनालीलाई नियुक्त गरेको छ।
अर्थ मन्त्रालयको सोमवारको निर्णय अनुसार उनले सोमवारबाट नै लागू हुने गरी नेप्सेको अध्यक्ष तथा सञ्चालकको पदमा बहाली गरेका हुन्।
पछिल्लो समय तत्कालीन अध्यक्ष लक्ष्मण न्यौपानेको पदावधि सकिएपछि उक्त पद रिक्त रहेको थियो।
नेप्सेको अध्यक्ष र प्रमुख कार्यकारी अधिकृत(सीईओ) को नियुक्ती अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले गर्ने गर्छ। अवको केहि समयपछि नेप्सेको सीईओको पद पनि रिक्त हुँदैछ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment