आगामी तीन दिन देशभर भारी वर्षा हुने

डिसी नेपाल
१६ असार २०७८ ९:५०
216
Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिन देशभरका धेरै स्थानहरुमा भारी वर्षा हुने छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराईँ भूभाग नजिक रहेकाले सो क्षेत्रमा अझ बढी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

‘प्रदेश १, प्रदेश २, बागमती, लुम्बिनी र गण्डकी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ,’ महाशाखाद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

ती प्रदेशहरुमा बाढी र पहिरोको जोखिम रहेकाले दैनिक जीवनयापन तथा यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

‘प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा भारी वर्षा तथा एक वा दुई स्थानहरुमा धेरै भारी वर्षाको सम्भावना रहेको र उक्त प्रदेशहरुको पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवनरयातायात क्षेत्र प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउनु हुन सबैमा अनुरोध छ,’महाशाखाले जारी गरेको बुलेटिनमा भनिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.