मनकामना स्मार्ट लघुवित्तको आइपीओ बिक्री खुला

डिसी नेपाल
१७ असार २०७८ ११:३५
228
Shares

काठमाडौं। मनकामना स्मार्ट लघुवित्तको बिहीबार (आज) देखि आइपीओ बिक्री खुला भएको छ। लघुवित्तको प्रतिकित्ता १०० रुपैयाँ दरको ३ लाख ८९ कित्ता आइपीओ बिक्री खुला भएको हो।

यसमध्ये ०.५% अर्थात ६ हजार ५८ कित्ता कम्पनीका कर्मचारी र ५% ले हुने १९ हजार ४५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ। त्यसमा बाँकी ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन्।

मनकामनाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सकिनेछ। असार २१ गतेसम्म यो आइपीओ भर्न सकिनेछ।

यसमा बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.