तोलामा ८ सय रुपैयाँ बढ्यो सुन
काठमाडौं। साताको पाँचौ दिन बिहीबार सुनको मूल्य ८ सय रुपैयाँ बढेको छ। आज छापावाल सुन प्रतितोला ८ सय रुपैयाँ बढेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।
यस्तै तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम छ।
बिहीबार चाँदीको मूल्य पनि बढेको छ। प्रतितोला २० रूपैयाँ बढेको चाँदीको मूल्य१ हजार ३ सय १० रूपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment