कोशी नदीमा पानीको वहाव उच्च, ब्यारेजका ढोका खोल्न नेपालको आग्रह

डिसी नेपाल
१९ असार २०७८ २१:००
1.7k
Shares

काठमाडौं। अविरल वर्षापछिको बाढीका कारण सुनसरीका विभिन्न क्षेत्रहरु डुबानमा परेका छन्। सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार इनरुवा, हरिनगर, देवानगञ्ज, इटहरी, कोशीलगायतका क्षेत्रहरु डुबानमा परेका छन्।

ती क्षेत्रहरुमा ५ सय देखि १ हजार घर परिवार प्रभावित भएको प्रमुख जिल्ला अधिकारी ढकालले जानकारी दिए। उनका अनुसार २ सय परिवार डुबानका कारण विस्थापित भएका छन्। विस्थापित भएकाहरुलाई उद्धार गरेर विद्यालय भवन तथा सामूदायकि भवनहरुमा राखिएको छ।

प्रमुख जिल्ला अधिकारी ढकालले बाढी तथा डुबानमा परहेकाहरुको उद्धार तथा राहतका लागि उद्धार टोली तयारी अवस्थामा राखिएको जानकारी दिए।

यसैबीच कोशी नदीमा पानीको बहाब बढेको छ। शनिबार बेलुकाको मापन अनुसार कोशीको वहाव १ लाख ८५ हजार ५० क्युसेक वहाव छ। वहाव बढेपछि खतराको संकेत अनुसार रातो बत्तिसमेत बालिएको छ।

कोशीमा पानीको वहाव बढेपछि नेपालले कोशी ब्यारेजका धेरै ढोका खोल्न भारतीय पक्षलाई आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ढकालसहितको टोलीले शनिबार ब्यारेजको निरीक्षण गरेको थियोे। सो क्रममा बढीभन्दा बढी ढोका खोल्न आग्रह गरिएको प्रजिअ ढकालले जानकारी दिए।

उनले डिसी नेपालसँग भने, ‘हामीले बढीभन्दा बढी ढोका खोल्न आग्रह गरेका छौं। उनीहरुले भारततर्फ पनि समस्या नपर्ने गरी ढोका खोल्ने बताएका छन्।’ प्रजिअ ढकालका अनुसार शनिबार बिहान ब्यारेजका ३० वटा ढोका खोलिएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *