आरविवि म्युचुअल फण्ड असार २३ गतेदेखि खुल्ला हुँदै, मेरो सेयरबाट आवेदन दिन मिल्ने
काठमाडौं। राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैंया (दश करोड ईकाई) को आरविवि म्युचुअल फण्ड–१ निष्कासन गर्न लागेको छ।
कम्पनीले असार २३ गते (बुधबार) देखि बिक्री खुल्ला गर्न लागेको हो। योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।
यस योजनाको कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक आरबीबी मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ। यो एक बन्दमूखि योजना हो र योजनाको अवधि ७ वर्ष रहने कम्पनीले जनाएको छ।
कोष प्रवद्र्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल इकाई रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गर्नेछ। प्रति ईकाई मुल्य १० रुपैंया रहेको म्युचल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सकिने छ।
इच्छुक लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सि–आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुमा गई आवेदन दिन सकिन्छ। मेरो सेयर प्रयोग गर्ने लगानीकर्ताहरुले आवेदन दिन सक्ने छन। छिटोमा यही असार २७ गते बिक्री बन्द हुने यो फण्ड ढिलोमा साउन ६ गतेसम्म खुल्ला रहने छ।







डिसी नेपाल








Facebook Comment