निसान लिफको मूल्य ५९ लाख ९९ हजार, आजैबाट बुकिङ खुल्ला

डिसी नेपाल
२३ असार २०७८ २०:५२
420
Shares

काठमाडौं । निसानको आधिकारीक वितरक पायोनियर मोटोकर्पले निसानको पहिलो विद्युतीय कार लिफको मूल्य ५९ लाख ९९ हजार रुपैयाँ निर्धारण गरेर बुकिङ खुल्ला गरेको छ । आजबाटै लिफ किन्न चाहने ग्राहकले २ लाख रुपैयाँ तिरेर बुकिङ गर्न सक्ने छन् ।

बुकिङ गरेका ग्राहकलाई अगस्ट अन्तिमसम्ममा गाडी डेलिभरी दिनेगरी काम गरिरहेको कम्पनीले जनाएको छ । निसान लिफ एउटा मात्रै भेरियन्टमा नेपाल आउने छ ।

यसको इन्टेलिजेन्ट पावर अन्तर्गत यसमा ४० किलोवाट हावरको ब्याट्री जडान गरिएको छ र एकपल्ट चार्ज गर्दा ३ सय ११ किलोमिटरसम्म चलाउन सकिन्छ । यसको अधिकतम गुड्ने क्षमता प्रतिघन्टा १४० किलोमिटर छ । ग्राहकहरुले यसलाई सजिलैसँग चार्ज गर्न सक्नेछन् । घरमा नै डेडिकेटेड वाल आउटलेटबाट १५ देखि १८ घण्टामा र निसानको चार्जिङ्ग स्टेसनबाट ४० देखि ६० मिनेटमा फूल चार्ज गर्न सकिन्छ ।

इन्टेलिजेन्ट ड्राइभिङ्ग अन्तर्गत निसान लिफको इ–पेडललाई चालकहरुले एकदमै रुचाएका छन् । यसले स्टार्ट गर्न, गति बढाउन र सजिलैसँग रोक्न सघाउँछ । यसमा ब्रेकले स्वचालित रुपमा काम गर्ने हुनाले ड्राइभ गर्न सजिलो मानिन्छ ।

निसान लिफ ११ वटा विभिन्न कलर अप्सनमा उपलब्ध हुनेछ जसमा ६ वटा सिङ्गल–टोन कलर रहेको छ भने ५ वटा डुअल–टोन कलर रहेको छ । निसान लिफ ई।भी।बाट एउटा गाडीबाट अर्को गाडीमा चार्ज गर्न सकिन्छ भने पावर होममा समेत पठाउन सकिन्छ ।

निसान लिफको ब्याट्रीमा कम्पनीले ८ वर्ष अथवा १ लाख ६० हजार किलोमिटर (जुन पहिला आउँछ) सम्मको वारेन्टी प्रदान गर्ने कम्पनीले जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *