एलपी ग्यासको कृत्रिम अभाव र कालोबजारीविरुद्ध उजुरी दिन मन्त्रालयको आग्रह

डिसी नेपाल
२१ साउन २०८३ १४:४६

काठमाडौं। बजारमा खाना पकाउने एलपी ग्यासको कृत्रिम अभाव सिर्जना गरी कालोबजारी भइरहेको गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सर्वसाधारणलाई उजुरी गर्न आग्रह गरेको छ।

देशका विभिन्न स्थानमा ग्यासको कृत्रिम अभाव देखाइएकाले उपभोक्तालाई पर्न गएको समस्या तत्काल सम्बोधन गर्न उद्योगमन्त्रीको सचिवालयले सोझै सम्पर्क गर्न सकिने व्यवस्था मिलाएको हो।

ग्यास आपूर्तिमा समस्या परेमा वा कालोबजारी भएको पाइएमा ९८५१११६७७३ नम्बरमा फोन गरी जानकारी गराउन अनुरोध गरिएको छ।

सचिवालयका अनुसार प्राप्त जानकारी तथा सूचनाका आधारमा सम्बन्धित नियामक निकाय र सुरक्षा संयन्त्रसँग आवश्यक समन्वय गरी कालोबजारी गर्नेहरूमाथि कारबाही अघि बढाइनेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *