देउवा इतर समूहका सभापतिका आकांक्षीको बैठक जारी
काठमाडौं। काँग्रेसको आसन्न १४ औं महाधिवेशनमा सभापतिका आकांक्षी देखिएका संस्थापन इतर समूहका नेताहरुको बैठक शुरु भएको छ। काठमाडौंस्थित अनुपम फुडल्याण्डमा बैठक बसिरहेको छ। सभापति शेरबहादुर देउवा इतर समूहबाट एउटामात्र सभापतिको उम्मेदवार बनाउनुपर्ने बताउँदै आएका नेताहरुले आ आफ्नो दावेदारी प्रस्तुत गरेपछि एउटामात्र उम्मेदवार बनाउने विषयमा पहल गर्न बैठक बसेको हो।
बैठकमा सभापतिका आकांक्षी वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शशांक कोइराला, पूर्वमहामन्त्रीहरु प्रकाशमान सिंह तथा कृष्णप्रसाद सिटौला, पूर्व सहमहामन्त्रीहरु अर्जुननरसिंह केसी, डा. रामशरण महत, केन्द्रीय सदस्य शेखर कोइराला, सुजाता कोइराला र बलबहादुर केसी सहभागी छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment