टर्कीमा अपहरणमा परेका ७ नेपालीको प्रहरीद्वारा सकुशल उद्धार
काठमाडौं। टर्कीमा ७ जना नेपालीहरु अपहरणमा परेका छन्। टर्कीस प्रहरीले उनीहरुको सकुशल उद्धारसमेत गरेको छ। टर्कीको इस्तान्बुलको बेयेग्लूमा पाँचजना पाकिस्तानीले केही महिलासहित ७ जना नेपालीलाई बन्धक बनाएर फिरौती मागेका थिए।
प्रतिव्यक्ति २ हजार यूरो फिरौती मागेपछि बन्धक बनाइएका मध्ये एकजनाले आफ्ना दाईलाई सम्पर्क गरेर फिरोती तिर्न भनेका थिए। त्यसपछि टर्कीमै रहेका उनले टर्की प्रहरीलाई यो विषयमा खबर गरेको र प्रहरीले तुरुन्त कारबाही गरि नेपालीको उद्धार गरेको एक टर्कीस अनलाइन समाचार पोर्टलमा समाचार प्रकाशित भएको छ।
समाचार अनुसार ती पाकिस्तानीले नेपालीलाई अपहरपछि ग्रिस पुर्याउने बताएका थिए। उनीहरुले हतियारको भरमा नेपालीलाई नियन्त्रणमा लिएका थिए। प्रहरीले अपहरणकारीलाई पक्राउ गरेको र उनीहरु टर्कीको हिरासतमा रहेका छन्।
No ads found for this position

डिसी नेपाल
Facebook Comment