उच्च अदालत विराटनगरमा कार्यरत कर्मचारी मृत फेला
सांकेतीक तस्वीर
काठमाडौं। उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यरत कर्मचारी मृत फेला परेकी छिन्। कार्यालय सहयोगी ४८ वर्षीया विमलाकुमारी पराजुली शंकास्पद अवस्थामा कार्यालय परिसरमै आज बिहान मृत भेटिएको प्रहरीले जनाएको छ।
सोलुखुम्बुको नेचासल्यान गाउॅपालिका २ घर भएकी उनको शव कार्यालय पोसाकमै भेटिएको छ। जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी महेन्द्र श्रेष्ठका अनुसार अहिले अनुसन्धान भैरहेको छ। धरानबाट डग टोली ल्याएर घटना अनुसन्धान गर्ने एसपी श्रेष्ठले बताए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment