अमेरिकाले दिएको १५ लाख डोज खोप ५० देखि ५४ वर्ष उमेर समूहलाई लगाइने
काठमाडौं । अमेरिकाले उपहारमा दिएको १५ लाख डोज खोप सरकारले ५० वर्षदेखि ५४ वर्ष उमेर समूहका नागरिकलाई दिने तयारी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले खोप बुझ्दै उक्त खोप लगाउने उमेर समूहबारे बताएका थिए।
सोमबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले उक्त खोप नेपाली नागरिकको जीवन रक्षाका लागि बरदा साबित हुने बताए।
कतार एयरवेजको नियमित उडानमार्फत अमेरिकाले पठाएको खोप काठमाडौं पुगेको हो। अमेरिकी राजदूत र्याण्डी बेरीले स्वास्थ्य मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरेका छन्। कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीले उत्पादन गरेको खोप नेपाल आएको हो।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment