देउवा आज प्रधानमन्त्रीमा नियुक्त हुँदै

डिसी नेपाल
२९ असार २०७८ ८:०८
412
Shares

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज प्रधानमन्त्री नियुक्त हुँदैछन्। सर्वाेच्च अदालतको आदेशअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले आज देउवालाई प्रधानमन्त्री पदमा नियुक्ति गर्ने भएकी हुन्।

देउवाले आजै सानो मन्त्रिपरिषद्को विस्तार गर्ने भएका छन्। सर्वोच्च अदालतको निर्णय अनुसार प्रधानमन्त्री बन्न लाग्नुभएका देउवाले सानो मन्त्रिपरिषद् विस्तार गर्ने भएका हुन्।

सर्वोच्च अदालतले मंगलबार साँझ ५ बजेभित्र देउवालाई प्रधानमन्त्रीको सपथ गराउन सोमबार आदेश दिएलगतै बसेको विपक्षी गठबन्धनको बैठकले सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने समझदारी बनाएको हो।

विपक्षी गठबन्धनको मंगलबार बिहान बस्ने बैठकले सरकारमा सहभागी हुने नेताहरुको नाम तय गर्ने भएको छ। संविधान रक्षाका लागि सबै पक्षलाई समेटेर सरकार गठनको पहल गर्ने समझदारी गरेको गठबन्धनले त्यसकै आधारमा मन्त्रिपरिषद् विस्तार गर्दै जाने तयारी गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.