माओवादीद्वारा जनार्दन शर्मा र पम्फा भुसाललाई मन्त्रीमा सिफारिस, जसपाले आज मन्त्री नपठाउने
काठमाडौ । नेकपा माओवादी केन्द्रले काँग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारमा पहिलो चरणमा दुई जनालाई मन्त्री बनाउने भएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलपछि माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पहिलो चरणमा जनार्दन शर्मा र पम्फा भुसाललाई आजै सपथग्रहण गर्ने गरी मन्त्रीमा सिफारिस गरेको स्रोत बताएको छ ।
यस्तै जनता समाजवादी पार्टीले आज मन्त्रीको नाम नपठाउने भएको छ । जसपाको सोमबार ललितपुरमा सम्पन्न केन्द्रीय कार्यकारिणी समितिको अनौपचारिक बैठकले पार्टीले पाउने मन्त्रालय निश्चित भएपछि मात्र मन्त्री चयन गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment