धारा उल्लेख नभएको भन्दै देउवाले लिन मानेनन् शपथ

डिसी नेपाल
२९ असार २०७८ १९:०१
2.0k
Shares

काठमाडौं । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्री पदको शपथ लिन अस्वीकार गरेका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा उल्लेख नगरी नियुक्ति गरेको भन्दै देउवाले त्यसलाई नसच्याएसम्म शपथ ग्रहण गर्न असहमति जनाएका हुन् ।

उनले आफूले धारा ७६(५) अनुसार प्रधानमन्त्रीमा दाबी पेश गरेको र सर्वोच्च अदालतले त्यसै धारा अनुसार प्रधानमन्त्री नियुक्तिका लागि परमादेश दिएको भन्दै राष्ट्रपतिलाई नियुक्ति सच्याउन आग्रह गरेका हुन् ।

राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्दा संविधानको धारा उल्लेख नगरी सर्वोच्च अदालतको फैसला बमोजिम प्रधानमन्त्री नियुक्त गरेको उल्लेख गरेकी छिन् ।

समाचार तयार पार्दासम्म राष्ट्रपति कार्यालयबाट विज्ञप्ति सच्चिएको जानकारी आएको छैन । यद्यपी प्रधानमन्त्री देउवा शपथका लागि शीतलनिवास पुगेका छन् । राष्ट्रपति जारी गरेको विज्ञप्तिबारे विवाद भएपछि देउवा ढिला गरी शीतलनिवास पुगेका हुन् ।​ साँझ ६ बजे गर्ने भनिएको शपथग्रहणको कार्यक्रम विज्ञप्तिबारे विवाद भएपछि ढिला हुन लागेको हो । देउवाले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेका छन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.