एमाले कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक बस्दै, अन्याेलमा १० बुँदे सहमति

डिसी नेपाल
३१ असार २०७८ १०:३१
2.3k
Shares

काठमाडौं। एमालेको आन्तरिक विवाद समाधानका लागि भन्दै कार्यदलले सहमति गरेको १० बुँदे सहमतिको भविष्य नै अन्यौलमा परेको छ। गत आइतबार राति भएको १० बुँदे सहमति गत सोमबार सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर र काँग्रेस सभापति देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला गरेसँगै संकटमा परेको हो।

यसरी सहमित संकटमा परेपछि विहीबार कार्यदलका सदस्यहरुको अनौपचारिक बैठक बस्ने भएको छ। कार्यदलका सदस्य माधवकुमार नेपाल समूहका नेता सुरेन्द्र पाण्डेले अनौपचारिक बैठक बस्ने जानकारी दिए।

माधव समूहको सहमर्थनकै कारण काँग्रेस सभापति देउवा प्रधानमन्त्री बनेका छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीको सत्ता माधव समूहकै कारण गुमेका भन्दै ओली समूह माधव समूहसँग उनीसँग आक्रोशित छ। बुधबार बालुवाटार छाडेर ओली निजी निवास फर्किँदैगर्दा उनका समर्थकहरुले माधव नेपालविरुद्ध चर्को नारावाजी गरेका थिए। स्वयम ओलीले बालकोट पुगेर आफ्ना समर्थकलाई सम्बोधन गर्दै नेपाललाई पार्टीमा स्थान नभएको बताएका छन्।

ओली निकै आक्रोशित मुडमा रहेकाले तत्काल कार्यदलको सहमतिअनुसार एमाले अगाडि बढ्ने सम्भावना नदेखिएपछि कार्यदलका सदस्यहरुबीच अनैपचारिक छलफल हुन लागेको हो। तर छलफलको स्थान र समय भने तोकिएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.