संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने सरकारकाे निर्णय
काठमाडौं। सरकारले साउन ३ गते संसद अधिवेशन आह्वान गर्न राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।
बिहीबार बसेको मन्त्रिपरिषद बैठकले आइतबार अपरान्ह चार बजे संसद अधिवेशन बोलाउन सिफारिस गर्ने निर्णय गरेको सकारका प्रवक्तासमेत रहेका कानुन मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए।
यसैगरी बैठकले द्वन्द्वकालीन मुद्दा समाधानका लागि गठित दुई आयोगको म्याद थप गरेको छ। बैठकले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगको म्याद १ वर्ष थप गर्ने निर्णय गरेको हो। यस्तै दुबै आयोगका पदाधिकारीको म्याद पनि एक वर्ष थप गरिएको प्रवक्ता कार्कीले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment