साइत हेरर पूजापाठ गरी बालुवाटार सर्दै प्रधानमन्त्री देउवा
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा आज सरकारी निवास बालुवाटार सर्ने भएका छन्। ज्योतिषबाट साइत हेरेर देउवा बालुवाटार सर्ने भएका हुन्।
उनलाई पटकपटक प्रधानमन्त्री हुन्छन् भनेर भविष्यवाणी गरेका ज्योतिष सुरेश चन्द्र रिजाल देउवा निवास बुढानिलकण्ठ पुगेका छन्। उनले नै साइत हेरेर देउवालाई बालुवाटार प्रवेश गराउने भएका छन्।
गएको मङ्गलवार प्रधानमन्त्रीमा नियुक्त भएर शपथ लिएका देउवा आज बालुवाटार सर्न लागेका हुन्। धेरैजसो काम गर्दा शुभ साइत हेर्ने उनले आज पनि साइत पारेर बालुवाटार सर्न लागेका हुन्।
साउने सङ्क्रान्ति पनि परेकाले पूजापाठ गरेर उनी आज सरकारी निवास जाने निजी सचिवालयले जनाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले सोमवार संसद पुनःस्थापना गर्दै देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली अस्ति निजी निवास बालकोट सरिसकेका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment