एमाले स्थायी कमिटी बैठकमा किन जाँदैछन् माधव पक्षीय नेताहरु ?

डिसी नेपाल
१ साउन २०७८ ११:४२
2.5k
Shares

काठमाडौं। नेकपा एमालेको आन्तरिक विवाद यथावत रहेका बेला अध्यक्ष केपी शर्मा ओलीले शुक्रबार पार्टीको स्थायी कमिटी राखेका छन्। र स्थायी कमिटी बैठकपछि संसदीय दलको बैठक पनि बोलाइएको छ। विवाद समाधानका लागि गठन गरिएको सँयुक्त कार्यदलका माधव नेपाल पक्षीय नेताहरु पनि स्थायी कमिटीको बैठकमा गएर आफ्ना कुरा राख्ने भएका छन्।

कार्यदल सदस्य तथा स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरु बैठकमा सहभागी हुने नभई कुरा राख्नमात्र जाने बताए। उनले भने, ‘पार्टीको विवाद समाधानका लागि प्रयासहरु भइरहेका छन्। हामी बैठक रोकर विवाद समाधानको प्रयासको आग्रह गर्न बैठकमा जानलागेका हौं।’

कार्यदलले १० बुँदे सहमति जुटाए पनि सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश दिएपछि सो सहमति संकटमा परेको छ।

कार्यदलले १० बुँदे सहमति अध्यक्ष ओली तथा वरिष्ठ नेता माधवकुमार नेपाललाई बुझाइसकेको छ। तर, सत्ताबाट बाहिरिनुपरेपछि ओली आक्रोशित छन्। उनले निजी निवास बालकोट पुगेपछि माधव नेपाललाई लाजशरम नभएका व्यक्ति भन्दै उनलाई पार्टीमा कुनै स्थान नभएको बताएका थिए।

यसपछि कार्यदलको बैठक बस्न सकेको छैन। सहमतिका विषयमा पनि थप छलफल भएको छैन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.