विवाद समाधानका लागि गठित कार्यदल भंग गर्ने स्थायी कमिटी निर्णय

डिसी नेपाल
१ साउन २०७८ १३:३२
1.0k
Shares

काठमाडौं। नेकपा एमालेले पार्टी भित्रको विवाद समाधनका लागि गठित कार्यदल भंग गर्ने निर्णय गरेको छ। शुक्ररबार बसेको स्थायी कमिटी बैठकले कार्यदल भंग गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए।

बैठकले कार्यदलले बुझाएको प्रतिवेदन ग्रहण र त्यसलाई अनुमोदन गर्ने निर्णय गरेको छ। बैठकले कार्यदलले बुझाएको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय समेत गरेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।

प्रवक्ता  ज्ञवालीले प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतले दिएको फैसला बहुलबादमा आधारित नभएको निचोड बैठकले निकालेको जानकारी दिए। ‘प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा आधारित सर्वोच्च अदालतको असार २८ को फैसला नेपालको बहुलबादमा आधारित छैन’, ज्ञवालीले भने, ‘सार्वभौम सत्ता जनतामा रहेको कुरालाई यो फैसलाले अतिक्रमण गरेको छ,’ उनले भने।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *