चार जना मधेसी नेतासँग ओलीको छुट्टै बैठक
काठमाडौं। एमाले अध्यक्ष केपी शर्मा ओलीले जसपा महन्थ ठाकुर पक्षका नेतासँग छलफल गरेक छन्। शनिबार विहान एमाले अध्यक्ष ओलीलाई भेट्न जसपा अध्यक्ष महन्थ ठाकुर, नेताहरु राजेन्द्र महतो, शरतसिंह भण्डारी र अनिल झा ओली निवास बालकोट पुगेका थिए।
सर्वोच्च अदालतको आदेशपछि प्रधानमन्त्रीबाट बहिर्गमित ओलीसँग जसपा नेताहरुको यो पहिलो भेट हो। ओली सरकारका सहभागी भएको जसपाका मन्त्रीहरुलाई सर्वोच्च अदालतको फैसालाले अवैध घोषणा गरेको थियो। पछि सर्वोच्चले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेपछि ओली प्रधानमन्त्रीबाट हटेका थिए।
ओली रा जसपा नेताहरुबीच मुलुकको पछिल्लो राजनीतिक अवस्थाका विषमया छलफल भएको थियो। छलफलमा देउवा सरकारलाई विश्वासको मत नदिने विषयमा सहमति भएको बताइएको छ।
शुक्रबार बसेको एमाले स्थायी कमिटी र संसदीय दलको बैठकले देउवा सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो। सोही विषयमा दुई दलका नेताहरुबीच छलफल भएको हो।
यसैबीच जसपा ठाकुर समूहको पनि शुक्रबार संसदीय दलको अनौपचारिक बैठक बसेको थियो। उक्त बैठकमा १५ जना सांसदमात्रै सहभागी थिए। ठाकुर समूह ओली सरकारमा सहभागी हुँदा २० सांसदले साथ दिएका थिए।
तर शुक्रबार बसेको दलको अनौपचारिक बैठकमा भने १५ जना सांसदमात्रै उपस्थित भएका थिए। शुक्रबारको बैठकमा प्रमोद साह, अृमता अग्रहरी, रानी मण्डल, नरमाया ढकाल र रुही नाज अनुपस्थित भएका थिए। ती मध्ये रुही नाजकी छोरीको बिहे भएका कारण आफू बैठकमा उपस्थिति हुन नसक्ने जानकारी गराएकी थिइन्।
शुक्रबारको बैठकमा राजकिशोर यादव पनि सहभागी थिएनन्। पछिल्लो समय यादव ओली निकट बन्न पुगेका छन्। दलको बैठकको निर्णयमा हस्ताक्षर गरेपनि उनी दलको बैठकमा भने सहभागी हुने गरेका छैनन्।
पार्टीभित्रको विवाद बढ्दै जाँदा जसपाका वरिष्ठ नेता राजेन्द्र महतोलाई उनी निकट सासदहरुले साथ छोड्दै गएका छन्। शुक्रबारको दलको बैठकमा अनुपस्थित हुने पाँच जनामध्ये चार जना महतो निकटका हुन्।







डिसी नेपाल








Facebook Comment