एमाले विवाद : पार्टी एकता जोगाउन दाेस्राे तहका नेताहरु सक्रिय

डिसी नेपाल
२ साउन २०७८ १२:०१
1.4k
Shares

काठमाडौं । पार्टीभित्रको विवाद समाधानका लागि नेकपा एमालेका दोस्रो तहका नेता सक्रिय भएका छन्। विवाद समाधानका लागि गठित कार्यदल भंग भएसँगै पार्टी विवाद समाधानका लागि दोस्रो तहका नेता सक्रिय भएका हुन्।

शनिबार विहान सिंहदरबार अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपाल समूहका दोस्रो तहका नेता छलफलमा जुटेका थिए। बैठकपछि पत्रकारसँग कुरा गर्दै एमाले सचिव गोकर्ण विष्टले पार्टीभित्रको विवाद समाधानका लागि आफुहरुले अनौपचारिक छलफल गरेको जानकारी दिए। उनल पार्टीभित्रको विवाद समाधान गर्ने मुख्य उद्देश्य राखेर छलफल गरिएको जानकारी दिए।

पार्टीििभत्रको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको प्रतिवेदनलाई ग्रहण गदै त्यसलाई कार्यान्वयन गर्ने एमालेले निर्णय गरिसकेका छ। शुक्रबार बसेको एमाले स्थायी कमिटी बैठकले कार्यदलले बुझाएको दश बुँदे सहमति कार्यन्वयन गर्ने निर्णय गर्दै कार्यदल भंग गर्ने निर्णय गरेको थियो। कार्यदल भंग भएपछि कार्यदलमा रहेका र नरहेका दोस्रो तहका नेता विवाद समाधानका लागि छलफलमा जुटेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *