बाग्मती प्रदेशले छुट्टयायो खोपका लागि दुई अर्ब रुपैयाँ
काठमाडौं। बाग्मती सरकारले चालू आर्थिक वर्ष २०७८÷७९ मा कोरोना विरुद्धको खोपका लागि २ अर्ब छुट्याएको छ। शनिबार पत्रकारसँग कुराकानी गर्दै बाग्मती प्रदशका सामाजिक विकास मन्त्री सरस्वती बस्नेतले चालू आर्थिक वर्षमा सबै नागरिकलाई खोप लगाउने लक्ष्ये अनुरुप मन्त्रालयले खोपका लागि दुई अर्ब रुपैयाँ छुट्टाइएको बताईन।
प्रदेशका सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइने जनाउँदै उनले खोप लगाउन सरकारले विशेष प्राथमिकता दिएको र खोप व्यवस्थापनका लागि रु दुई अर्ब बजेट विनियोजन गरिएको बताएकी हुन्।
यस्तै मन्त्रालयले कोरोनाको तेस्रो भेरियन्टमा बालबालिका अत्यधिक प्रभावित हुने भएकाले प्रदेश मातहतका अस्पताललाई २० प्रतिशत श्यया छुट्याउन निर्देशन समेत गरेको छ।
No ads found for this position
प्रतिक्रिया



डिसी नेपाल
Facebook Comment