जसपा विवाद : ठाकुर समूह प्रतिपक्षमा, यादव समूह सत्ता पक्षमा

डिसी नेपाल
३ साउन २०७८ १७:१२
776
Shares

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) विभाजित भएको छ। आइबार सुरु भएको प्रतिनिधिसभा बैठकमा महन्थ ठाकुर समूह प्रतिपक्षमा बसेको छ भने उपेन्द्र यादव समूह सत्तापक्षमा बसेकोछ।

ठाकुर पक्ष ओली सरकारमा सहभागी भएको थियो भने यादव पक्ष ओली सरकार विरुद्ध गठबन्धनमा सहभागी थियो। सर्वोच्च अदालतको परमादेशपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्ती भएका छन्। देउवाले आज विश्वासको मत लिँदैछन्। ठाकुर पक्षले विपक्षमा मतदान गर्ने निर्णय गरेको छ भने यादव पक्ष सरकारमा सहभागी हुने तयारीमा छ।

जसपाको आधिकारिकता विवादको विषयमा निर्वाचन आयोगले गठन गरेको इजलासमा बहस भएको छ। इजलासमा निवेदकको तर्फबाट बहस शुरु भएको हो। निर्वाचन आयोगले गठन गरेको इजलास प्रक्रिया अदालतको प्रक्रिया जस्तै हुने बताइएको छ।

बहस सकिएपछि आयोगले निर्णय सुनाउनेछ।तर, आयोगको निर्णय कहिले आउँछ भन्ने कुरा बहस कति लामो समयसम्म चल्छ भन्ने कुरामा भर पर्छ।

निर्वाचन आयोगले जसपाको आधिकारिकतासम्बन्धी विवाद निरुपणका लागि गत असार २३ गते प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको नेतृत्वमा पाँच सदस्यीय इजलास गठन गरेको थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.