ठाकुर-महतो पक्षले पनि देउवालाई विश्वासको मत दिने

डिसी नेपाल
३ साउन २०७८ १८:०५
1.9k
Shares

काठमाडौं जनता समाजवादी पार्टी महन्थ ठाकुर पक्षले पनि प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने भएको छ ।

जसपाका एक नेताले ठाकुर पक्षले पनि विश्वासको मत दिने निर्णय भएको बताए। नेपाली कांग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री देउवाले ठाकुरलाई पत्र लेखेर विश्वासको मत दिन आग्रह गरेका थिए ।

संसद भवनमै भएको छलफलमा देउवाले ठाकुरसँग मधेस आन्दोलनका माग पूरा गर्न तयार रहेको बताएपछि ठाकुर पक्ष विश्वासको मत दिन तयार भएको हुन् ।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.