ओली संसदमा अनुपस्थित भएपिछ देउवाको चित्त दुखाइ

डिसी नेपाल
३ साउन २०७८ २१:०७
3.6k
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार प्रतिनिधिसभाको बैठकमा विपक्षी दलका नेता तथा एमाले अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएकोमा चित्त दुखाएका छन्। उनले राखेको प्रस्तावमाथिको प्रश्नमा जवाफ दिँदै ओली अनुपस्थित भएकोमा असन्तुष्टि पोखे।

प्रधानमन्त्री देउवाले भने, ‘हुन त उहाँ (ओली)को स्वास्थ्यमा समस्या भएकाले पनि नआउनु भएको होला। तर, उहाँ आउनु हुन्छ भन्ने मलाई लागेको थियो। मनमोहनले संसदमा सम्बोधन गर्दा म कुदरेर आउथेँ, म बोल्दा उहाँ हिँडेर आउनु हुन्थ्यो।’

सम्बोधनका क्रममा देउवाले विपक्षीले गरेको आलोचनाले आफूले सुझावका रुपमा लिने बताए। उनले भने, ‘यहाँ ठूलो आक्रोश हुन्छ भन्ने लागेको थियो, तर त्यति भएन। जति आलोचना भएको छ, त्यसलाई सुझावका रुपमा लिन्छु। हामी सहिष्षुणता मान्ने पार्टी हौं। विपक्षीमाथि आक्रमण गर्दैनौं।’

प्रधानमन्त्री देउवाले छलफलका क्रममा तत्कालिन एमाले अध्यक्ष तथा प्रधानमन्त्री मनमोहन अधिकारीविरुद्ध ल्याइएको अविश्वासको बारे प्रस्ट पारे। छलफलका क्रममा एमाले सांसदले मनमोहन अधिकारीले अस्पतालबाट संसदमा जवाफ दिनुपरेको भन्दै काँग्रेस त्यतिबेला केही समय पनि कुर्न नसकेको आरोप लगाएका थिए।

सोही विषयमा जवाफ दिँदै देउवाले त्यतिबेला ठूलो दलको हैसियतमा प्रधानमन्त्री बनेका अधिकारीलाई काँग्रेसले बाहिरबाट समर्थन गरेको तर, अधिकारी आफूखुशी अगाडि बढेपछि अविश्वासको प्रस्ताव ल्याएको बताए। उनले अविश्वासको प्रस्ताव राखे संसद विघटन गरेकोसमेत बताए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.