संसद जोगायौं अब पार्टी पनि जोगाउँछौं : घनश्याम
फाइल फाेटाे
काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले संसदबाट विश्वासको मत दिएपछि प्रतिक्रिया दिँदै एमाले उपमहासचिब घनश्याम भुसालले अब पार्टी जोगाउन लाग्ने बताएका छन्। उनले आफूहरुले संसद जोगाएको भन्दै अब एमालेलाई पनि फुटबाट जोगाउने बताएका हुन्।
तर, घनश्यामलगायतका नेताहरु भने देउवाले राखेको विश्वासको मतको प्रस्तावमा मतदान हुँदा अनुपस्थित थिए। भुसालले सामाजिक सञ्जालमा भनेका छन्, ‘संसद जोगाउनु पर्थ्यो, जोगिएको छ । अब पार्टी जोगाउनु पर्नेछ, जोगाइने छ। हामी ठूलो दुर्घटनामा परेका छौं। यथास्थितिमा कोहि पनि सुरक्षित छैनौं। हामी उठ्छौं, धुलो टक्टक्याउॅछौं र अगाडि बढ्छौं।’

No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment