भीष्मपितामहजस्तो ढल्ने अवस्थामा म छैन: केपी शर्मा ओली
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्र फुटाउने षड्यन्त्र भइरहे पनि त्यस्ता प्रयास कहिल्यै सफल नहुने दाबी गरेका छन्। संविधान दिवसका अवसरमा पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा बोल्दै उनले आफू एमालेभित्रै १० वटा महाभारत लडेर यो स्थानसम्म आइपुगेकाले वर्तमान दबाबबाट नढल्ने स्पष्ट पारे।
महाभारतमा जटिल परिस्थितिमा भीष्मपितामह ढलेको प्रसङ्ग जोड्दै अध्यक्ष ओलीले आफू त्यसरी ढल्ने अवस्थामा नरहेको बताए। ऐतिहासिक प्रसङ्ग उल्लेख गर्दै उनले भने, ‘केपी ओली अझै मैदानमै छ। अमरसिंह थापा मेरै उमेरमा युद्धको मैदानमा थिए, मलाई त तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ।’
छ दशकदेखि पार्टीमा निरन्तर क्रियाशील रहेको उल्लेख गर्दै ओलीले चौतर्फी हमला भइरहेको र नयाँ पार्टी बन्ने भ्रामक हल्ला फैलाइएको टिप्पणी गरे। पार्टीको अध्यक्ष र महासचिवसमेत बाँडफाँट भइसकेको भन्ने समाचारलाई उनले पूर्ण रूपमा कपोलकल्पित भनेका छन्।
अध्यक्ष ओलीका अनुसार असोज ६ र ७ गते बस्ने केन्द्रीय समितिको बैठकपछि पार्टी थप एकजुट हुनेछ। ‘केन्द्रीय समितिको बैठकबाट हामी पार्टी एकता र आगामी कार्यभारको स्पष्ट सङ्कल्पसहित बाहिरिने छौँ, त्यसपछि सबै हल्लाहरू स्वतः खण्डन हुनेछन्,’ उनले थपे।
गायिका कुन्ती मुक्तानको चर्चित गीतको बोल स्मरण गर्दै उनले भने, ‘एमाले आफ्नो बाटो अघि बढ्छ, खुट्टा तान्दै गर। म यत्तिकै यहाँसम्म आइपुगेको होइन।’
No ads found for this position


डिसी नेपाल
Facebook Comment