प्रधानमन्त्री देउवाद्वारा जोन्सन खोप अभियान शुभारम्भ, केन्द्रको अनुगमन

डिसी नेपाल
४ साउन २०७८ ११:३१
428
Shares

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवाले उपत्यकाका कोरोना खोप केन्द्रको अनुगमन गरेका छन्।

खोप अभियानका क्रममा तोकिएभन्दा अन्य उमेरका नागरिकलाई खोप दिइएको गुनासो आइरहेका बेला प्रधानमन्त्री देउवा आफैं अनुगमन गरेका हुन्। प्रधानमन्त्री देउवाले जोन्सन एन्ड जोन्सन खोप अभियानको शुभारम्भ पनि गरेका छन्।

खोप लगाउनका लागि काठमान्डौमा विभिन्न ४४ वटा खोपकेन्द्र तोकिएको छ। यो खोप ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिले लगाउन पाउनेछन्।

यस्तै अपांगताको क र ख वर्गको परिचयपत्र पाएका व्यक्ति, नेपालमा बसोबास गरिरहेका शरणार्थी, सफाइकर्मी लगायतलाई दिइँदै छ। यो खोप साउन ४ गतेदेखि ६ गतेसम्म जोन्सनको खोप लगाउन सकिने मन्त्रालयले जनाएको छ।

अमेरिकाले कोभ्याक्स कार्यक्रम अन्तर्गत जोनसन एण्ड जोनसन कम्पनीको १५ लाख ३४ हजार ८५० डोज खोप २८ असारमा काठमाडौं ल्याइएको थियो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *