देउवा सरकार डेढ वर्ष ढुक्क, मन्त्रालय भागवण्डामा सकस
काठमाडौं। संविधानको अन्तिम विकल्पबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवाले आइतबार विश्वासको मत पाएसँगै राजनीतिक अनिश्चय हटेको छ ।
देउवा नेतृत्वको सरकारले अब डेढ वर्षको कार्यकाल पूरा गर्न सक्ने अवसर पाएको छ भने सर्वोच्च अदालतले दुई पटक पुनःस्थापना गर्दा पनि जोखिममा पुगेको प्रतिनिधिसभाको पूर्ण जीवन सुनिश्चित भएको छ ।
कांग्रेस,माओवादी केन्द्र, जसपा र एमालेको असन्तुष्ट पक्ष माधवकुमार नेपाल समूहको सांसदबाट १६५ मतसहित विश्वासको मत पाएपछि देउवाको कार्यकाल अबको पूर्ण अवधिसम्म ढुक्क भएको छ।
तर अब देउवाको लागि अहिलेको अवस्थामा सरकारमा जाने मन्त्री र मन्त्रालयको भागबण्डा मिलाउन सकस पर्ने छ। विश्वासको मत दिएपनि माधव समूह सरकारमा जाने सम्भावना न्यून छ।
तर आफ्नै दल कांग्रेस, माओवादी केन्द्र, जसपाका महन्थ ठाकुर समूहले पनि अन्तिम समयमा साथ दिएकाले उनीहरुलाई पनि मिलाउन देउवाले ठूलै गृहकार्य गर्नुपर्ने देखिन्छ।
प्रधानमन्त्री देउवाले असार २९ गते सपत खाँदै ५ सदस्यीय सानो मन्त्री परिषद् बिस्तार गरेका थिए। कांग्रेसबाट यस अघि देउवाका विस्वास पात्र नेताहरु बालकृष्ण खाँण गृह र ज्ञानेन्द्र बहादुर कार्की कानून,न्याय मन्त्री बनिसकेका छन्। माओवादी केन्द्रबाट जनार्दन शर्मा अर्थ र पम्फा भुसाल उर्जा मन्त्री बनिसकेका छन्।
अब कांग्रेसबाट डा.मिनेन्द्र रिजाल, डा.नारायण खड्का पुष्पा भुसाल,सुजता कोइराला,दिलेन्द्र प्रसाद बडु,गगन थापा,उमाकान्त चौधरी,बिनोद चौधरी लगायतका नेताहरुको चर्चा छ।
पूर्वमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य मीन विश्वकर्माका अनसार प्रधानमन्त्री शेरबहादुर देउवा कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणका लागि सरकारले सञ्चालन गरेको खोप अभियानको स्थलगत निरीक्षण एवम् अनुगमन गर्नका लागि लागि २ देखि ३ दिनसम्म व्यस्त हुने भएकाले मन्त्रिपरिषद्ले पूर्णता पाउन केही दिन लाग्ने बताए।
उनले अगाडि भने, ‘कुन दलले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने कुराहरुको छलफल हुँदैछ,यो मन्त्रिपरिषद्मा एमालेका माधवजीहरुलाई पनि सम्मानजनक मन्त्रालय छुट्याएर जसपाको दुबै समूहको सहभागिता हुने गरी तयारी भइराखेको छ।’







डिसी नेपाल








Facebook Comment