प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने २२ जनालाई कारवाही गर्न ओलीको प्रस्ताव
काठमाडौ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने एमालेका २२ जनालाई स्पष्टीकरण सोध्ने प्रस्ताव गरेका छन्। सोमबार तुलसीलाल अमात्य प्रतिष्ठानमा जारी नेकपा एमाले केन्द्रीय कमिटी बैठकमा अध्यक्ष ओलीले उक्त प्रस्ताव गरेका हुन्।
आइतबार राति संसदमा भएको मतदानमा एमालेका ३२ सांसदले पार्टीको निर्णय उल्लंघन गरेका थिए। त्यसमध्ये वरिष्ठ नेता माधवकुमार नेपालसहित २२ जनाले देउवाका पक्षमा विश्वासको मत दिएका थिए भने नेपालनिकट १० सांसद तटस्थ बसेका थिए।
देउवा सरकारलाई मत दिने २२ जनालाई कारवाही गर्न अध्यक्ष ओलीले कारवाही गर्न प्रस्ताव गरेपछि नेपाले विभाजनको संघारमा पुगेको छ। आइबार माधव नेपाली समूहका १४ र ओली समूहका ८ जनाले प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका थिए।
यी हुन् देउवालाई विश्वासको मत दिने एमाले सांसद
माधवकुमार नेपाल
भवानी खापुङ
मुकुन्द न्यौपाने
विरोध खतिवडा
जीवनराम श्रेष्ठ
कल्याणी खड्का
मेटमणि चौधरी
पार्वती विशुंखे
हिरा केसी
कृष्णकुमार श्रेष्ठ किसान
गोपाल बम
प्रेमबहादुर आले
लक्ष्मी चौधरी
निरादेवी जैरू
रामकुमारी झाँक्री
धनबहादुर बुढा
विना बुढाथोकी
सरला यादव
पुष्पाकुमारी कर्ण
कलिला खातुन
सविना हुसेन र
कृष्णलाल महर्जन
No ads found for this position


डिसी नेपाल
Facebook Comment