प्रधानमन्त्री देउवा र भारतीय समकक्षी मोदीबीच फोनवार्ता

डिसी नेपाल
४ साउन २०७८ १६:०२
100
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच टेलिफोनमा कुराकानी भएको छ।

सोमबार दिउँसो प्रधानमन्त्री देउवा र मोदीबीच कुराकानी भएको प्रधानमन्त्री देउवाको सचिवालयले जानकारी दिएको छ।

फोनवार्तामा मोदीले प्रधानमन्त्री देउवालाई कोभिड–१९ विरूद्धको खोप दिने बताएका थिए। यस्तै प्रधानमन्त्री देउवाले पनि सामाजिक सञ्जालमार्फत समकक्षी मोदीसँग फोनवार्ता भएको उल्लेख गरेका छन।

’मैले आज दिउँसो प्रधानमन्त्री नरेन्द्र मोदीसँग फोनवार्ता गरेको थिएँ,’ देउवाले ट्विटरमा लेखेका छन्, ’हामीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउनेबारे छलफल ग¥यौं। प्रधानमन्त्री मोदीले नेपाललाई छिटो कोभिड भ्याक्सिन दिने आश्वासन दिए।’

यसअघि प्रधानमन्त्री नियुक्त भए पनि देउवालाइ भारतले उच्च तहबाट बधाइ सन्देश दिएकाे थिएन। तर, अाइतबार प्रधानमन्त्रीले विश्वासकाे मत प्राप्त गरेपिछ साेमबार फाेनवार्ता भएकाे हाे।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *