१३ हजार १३५ परीक्षण गर्दा ३ हजार १०८ जनामा कोरोना संक्रमण, थप २५ को मृत्यु

डिसी नेपाल
५ साउन २०७८ १६:५१
328
Shares

काठमाडौं । गत २४ घण्टामा नेपालमा १३ हजार १३५ जनाको परीक्षण गर्दा ३ हजार १०८ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५९५ जना निको भएर घर फर्केका छन्।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ८३६ पीसीआर परीक्षण गर्दा २ हजार २०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार २९९ परीक्षण गर्दा ९०६ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ।

गएको २४ घण्टामा २५ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ६०७ पुगेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.