कारवाहीबारे निर्णयबिनै सकियो आजको एमाले केन्द्रीय कमिटी बैठक
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटीको दोस्रो दिनको बैठक प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने पार्टीका सांसदहरुलाई कारवाहीबारे कुनै निर्णय नगरी सकिएको छ ।
बैठकबारे सञ्चारकर्मीसँग कुराकानी गर्दै पार्टी प्रवक्ता प्रदीप ज्ञवालीले बैठकले १० बुँदे सहमतिलाई कार्यान्वयन गर्दै एकताका निम्ति निरन्तर प्रयास गर्ने निर्णय गरेको बताए ।
सोमबार बसेको बैठकले माधव समूहका सांसदहरुलाई पार्टीले २४ घण्टे स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो । स्पष्टीकरण सोधेको २४ घण्टा पुरा नभएको कारण आज त्यसबारे कुनै निर्णय नगरिएको उनले जानकारी दिए ।
आजको बैठक सातैवटा प्रदेशका पार्टी अध्यक्षहरुले रिपोर्ट पेश गरेका पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए । आजको बैठक भोलि ३ बजे पुनः बस्ने गरी स्थगित भएको छ ।







डिसी नेपाल








Facebook Comment