प्रधानमन्त्री देउवा र महन्थ ठाकुरबीच भेटवार्ता, सरकारमा सहभागी हुन आग्रह

डिसी नेपाल
६ साउन २०७८ १२:२८
136
Shares

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवा र जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरबीच भेटवार्ता भएको छ। बुधबार विहानप्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्तामा रेशम चौधरीको रिहाई, संविधान संशोधन र लाल आयोगको प्रतिवेदन सार्वजनिक लगायत विषयमा छलफल भएको ठाकुर निकट एक नेताले जानकारी दिए।

प्रधानमन्त्री देउवाले विश्वासको मत दिएकोमा धन्यवाद दिँदै मधेशका माग संविधान, कानुनको अधिनमा रहेर सम्बोधन गर्न तयार रहेको जनाएका थिए। ठाकुर समूहले पनि प्रधानमन्त्री देउवलाई विश्वासको मत दिएको थियो।

ठाकुसँगको भेटमा प्रधानमन्त्री देउवाले आफू गठबन्धनका दलहरुसँग छलफल गरेर जायज माग र मुद्दा सम्वोधन गर्न सकारात्मक रहेको जनाएका थिए। प्रधानमन्त्री देउवाले ठाकुरलाई सरकारमा समाभागी हुन आग्रह गरेको स्रोतले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *