दुई सय आठ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाए

डिसी नेपाल
६ साउन २०७८ २२:०७
32
Shares

ललितपुर । नेपाल पत्रकार महासङ्घ ललितपुर शाखाको संयोजन तथा स्वास्थ्य कार्यालयको सहयोगमा २०८ पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा लगाएका छन् ।

मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगिन आज सो सङ्ख्याका पत्रकारले उक्त खोपको दोस्रो मात्रा लगाएका हुन् । महासङ्घ जिल्ला शाखाका सचिव रामहरी कार्कीले काठमाडौँ उपत्यकाभित्र तीनै जिल्लामा कार्यरत १६४ पुरुष र ४४ महिला पत्रकारले भेरोसेल खोपको दोस्रो मात्रा पूर्ण गरेको बताए ।

उनले भने, “यसअघि गत असार ६ गते २२६ पत्रकारले यस खोपको पहिलो मात्रा लगाउनुभएको थियो, यीमध्येका कोही कामको सिलसिलामा उपत्यका बाहिर जानाका साथै केहीलाई कोरोनाले भेट्दा १८ पत्रकारले आज खोप लगाउन पाउनु भएन ।” सो खोपको दोस्रो मात्रा लगाउन बाँकी रहेका पत्रकारलाई सूचना विभाग तथा नेपाल पत्रकार महासङ्घले जारी गरेको परिचयपत्र अनिवार्य साथमा लिएर महासङ्घको सम्पर्कमा पुनः आउन कार्कीले आग्रह गरे ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *